justnep single

फेरि बढ्न थाल्यो वायु प्रदूषण

admin

काठमाडौं, २४ चैत : नेपालमा केही दिनअघि हल्का सुधार भए पनि काठमाडौंसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढ्न थालेको छ । काठमाडौं अहिले पनि विश्वकै प्रदूषित सूचीको एक नम्बरमा रहेको छ । नेपालको वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई अहिले पनि ३ सयभन्दा माथि रहेको छ ।

तीन सयभन्दा माथि एक्यूआई हुनुलाई अतिहानिकारक मानिन्छ । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्ल्यूएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने जनाएको छ ।

काठमाडौंको सिंहदरबार क्षेत्र अहिले सबैभन्दा धेरै प्रदूषित देखिएको छ । त्यस्तै नेपालगञ्ज, पोखरालगायत सहरहरुको एक्यूआई पनि हानिकारक अवस्थामा रहेको छ । यसैबीच वायु प्रदूषण फेरि बढेसँगै यसले श्वासप्रश्वासमा समस्या हुने लगायत स्वास्थ्यमा समस्या देखा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन जनस्वास्थ्यविद्ले आग्रह गरेका छन् ।

काठमाडौंसहित देशका विभिन्न ठाउँमा तुवाँलो लागेजस्तो भएर वातावरण धुमलिएको र प्रदूषित भएकाले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन जनस्वास्थ्यविद्हरुको आग्रह छ । यसअघि देशभरको वायु प्रदूषण उच्च बिन्दुमा पुगेसँगै सरकारले चैत १३ गतेदेखि ४ दिन विद्यालय बन्द गराएको थियो । गर्मी बढेको तर पानी नपरेकाले सुख्खापन धेरै हुँदा देशका विभिन्न जंगलमा डढेलो लाग्दा वायु प्रदूषण भएको विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया