justnep single

बर्ड फ्लुबाट बच्न यस्ताे छ सरकारकाे पूर्वतयारी

admin

काठमाण्डाै : सरकारले बर्ड फ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी थालिएको बताएको छ । हरेकजसो हिउँदमा नेपालमा बर्ड फ्लु रोगको प्रकोप देखिँदै आएको छ । नेपालका लागि आयातित रोग भए पनि विगत १० वर्षदेखि किसानहरूले यसको दुःख भोग्दै आएका छन् ।

केही दिन अगाडि छिमेकी राष्ट्र भारतको पश्चिम–उत्तर क्षेत्रमा बर्ड फ्लु देखिएको छ । छिमेकी देशमा यस राेगकाे प्रकाेप देखिएसँगै नेपाल सरकारले यसको पूर्वतयारी थालिसकेको छ । कृषि मन्त्रालयका सहसचिव एवं पशुपक्षी महाशाखाका प्रमुख डा. विमलकुमार निर्मलले सीमा क्वरेण्टीनलाई कडा बनाउन र प्रयोगशालालाई तयारी अवस्थामा राख्न दिर्नेशन दिइएको बताउनुभयो ।

डा. निर्मलले कोभिड–१९ नेपालमा भित्रिएसँगै कृषि मन्त्रालयको विराटनगर, जनकपुर, चितवन, धनगढी, सुर्खेतको प्रयोगशाला कोभिड परीक्षणका लागि प्रयोगमा दिइएको र अहिले पशुपक्षीमा पनि रोग आउने अवस्थामा स्वास्थ्य मन्त्रालयले ती प्रयोगशाला क्रमशः पशुपक्षी रोगकै परीक्षणका लागि दिनुपर्ने बताउनुभयो ।

सरकारले बर्ड फ्लु भित्रिन नदिन तथा नियन्त्रण गर्न आवश्यक तयारी गरिरहेको बताउँदै डा. निर्मलले किसानहरूलाई कुखुरा ओसारपसार गर्दा अनिवार्य रूपमा क्वरेण्टीन प्रयोग गर्न, हेल्थ सर्टिफिकेट लिन र कहीँ कतै ठूलो परिमाणमा कुखुरा मरेका छन् भने जानकारी दिन आग्रह गर्नुभयो । जाडो महिनामा आउने रोग भएकाले आगामी एक महिना विशेष सजगता अपनाउन पनि उहाँको आग्रह छ ।

प्रतिक्रिया