justnep single

बर्दियामा बाघले वेपत्ता पारेकी महिलाको शव भेटियो

admin

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट एक महिलाको ज्या’न गएको छ । निउरो टिप्न गएका तीन महिलामध्ये ठाकुरबाबा नगरपालिका ७ की ५५ वर्षीय डल्ली रावतलाई बाघले लगेको र खोजी गर्दा निकुञ्जको बघौरा फाँटमा उनको श’व भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएकाे छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाका अनुसार महिलाको अगाडिकाे आधा शरीर बाघले खाएको अवस्थामा भेटिएको छ ।


बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रबाट बाघको आक्रमणबाट यो वर्ष मात्रै दश जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया