बलिउड अभिनेता अमिताभ र अभिषेकलाई कोरोना सङ्क्रमण

रबि धिताल

एजेन्सी : बलिउड अभिनेता अमिताभ बच्चनसँगै उहाँका छोरा तथा अभिनेता अभिषेकलाई पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएपछि दुवैजनालाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अभिषेकले दुवैजनालाई कोरोनाको सामान्य लक्ष्यण देखिएको ट्वीटरमार्फत् जानकारी दिनुभएको छ । अहिले उहाँहरुका परिवारका अरु सदस्यकोसमेत कोरोना परीक्षण भइरहेको छ । परिवारका सदस्यको रिपोर्ट भने आज आउने जनाइएको छ ।

अभिनेता अभिषेकले सबैलाई शान्त रहन र नआत्तिन आग्रह समेत गर्नभएको छ । अमिताभले पनि ट्वीटरमार्फत् गएको १० दिन भित्र आफ्नो सम्पर्कमा आउनेहरुलाई पनि कोरोनाको परीक्षण गराउन आग्रह गर्नुभएको छ । बलिउडका धेरै कलाकार र प्रशंसकहरूले अमिताभ र अभिषेक दुवैको शीघ्र स्वास्थ्य लाभ कामना गरेका छन् ।

प्रतिक्रिया