बस दु’र्घटना : ९ जनाको मृ’त्यु, ३४ घा’इते

रबि धिताल

 बैतडी, कात्तिक २८  : दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बस दु’र्घ’टना हुँदा ९ जनाको मृ’त्यु भएको छ। दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दु’र्घ’टनामा परेको हो।

मृ’तकहरुको सनाखत हुन बाँकी रहेको छ । मृ’तक मध्ये ७ जना पुरुष र २ जना महिला रहेका छन् । दु’र्घटनामा परी घा’इते भएका ३४ जना मध्ये ग’म्भीर घा’इते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको प्र’हरी नायव उपरीक्षक अधिकारीले बताए।

”मृतक मध्ये ८ जनाको श’व घ’ट’नास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले शुक्रबार दिउँसो निकाल्छौ, बस भीरमा अड्किएकोले राती निकाल्न सकिएन।’ उनले भने

अन्य ८ मृतकको श’व र घा’इतेहरुको प्र’हरी र स्थानीय मिलेर राती नै घ’टनास्थलबाट घा’इतेहरुको उ’द्धार गरेका थिए। मृ’तकको श’व पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइदैछ। सानो घुम्तीबाट बस ६ सयमिटर जति तल खसको जिल्ला प्र’हरी कार्यालय बैतडीले जनाएको छ।

दु’र्घटना कसरी भएको हो भन्नेबारेमा अझै एकीन भईनसकेको प्र’हरीले जनाएको छ । बस बैतडीको दोगडाकेदार ७ खोचलेकका विरेन्द्र कार्कीको रहेको बताईएको छ। साहुु आफै चालक रहेका र उनी समेत घा’इते रहेका छन्। तिहारको समयमा ठूलो दु’र्घट’ना भएपछि बैतडीबासी शो’कमग्न भएका छन्।

प्रतिक्रिया