बस र ट्रक ठोक्किँदा एक जनाको ज्यान गयो, १२ जना घाइते

admin

काठमाडौं, ३२ साउन : धादिङको बैरेनीमा गएराति बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । १२ जना घा इते भएका छन् ।

राति २ बजे बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा सोलुखुम्बुको महाकुलाङ गाउँपालिका-३ की २७ वर्षकी रेनुका कुलुङको ज्यान गएको प्र हरीले जनाएको छ ।

उहाँको बिहान राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचारका क्रममा ज्यान गएको हो । यस्तै, दुर्घ टनामा बसका चालकसहित १२ जना घा इते भएका छन् । घा इते १२ जनामध्ये चार जनाको अवस्था गम्भीर छ ।

प्र हरीका अनुसार ९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा नै उपचार भइरहेको छ भने तीन जनाको गल्छीमा रहेको बुढीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया