बामदेव गौतमको मुद्दा फेरि हेर्दाहेर्दैमा

admin

काठमाडौं १६ असोज : राष्ट्रियसभाका मनोनित सांसद, नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमा सर्वोच्च अदालतमा अब आउने बुधबार सुनुवाई हुने भएको छ ।

शुक्रबार सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर बाँकी सुनुवाई आउँदो बुधबारसम्मका लागि सरेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिएका छन् ।

गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनित गरेको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि गत बुधबारदेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासको पूर्ण इजलासमा सुनुवाई भएको छ ।

उक्त रिटमा असोज ७ बुधबार प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमको सां‌सद पद यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

बुधबार नसिकएपछि शुक्रबारका लागि सारिएको सुनुवाई अदालतको समय सकिएपछि फेरि बुधबारका लागि सरेको रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।

प्रतिक्रिया