बिमा समितिको कार्यालय सिल, पाँच कर्मचारीमा संक्रमण पुष्टि

admin

काठमाडौं, १९ असोज : बिमा क्षेत्रको नियामक निकाय बिमा समितिको कार्यालय सिल गरिएको छ । समितिका पाँच कर्मचारीलाई कोरोना रिपोर्ट पोजेटिभ आएपछि पाँच दिनका लागि कार्यालय बन्द गरिएको हो ।

केही कर्मचारीमा कोरोना देखिए पनि सोमबार असोज १९ गतेबाट असोज २३ गतेसम्म ६ दिनेका लागि समितिको कार्यालय सिल गरिएको बिमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले बताएका छन् ।

पाँच दिनका लागि कार्यलय सिल भए पनि अत्यवश्यक सेवा भने कर्मचारीले घरबाटै भए पनि नियमित राख्‍ने समितिले जनाएको छ । कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीले कोरोना परीक्षण गरे पनि डिस इन्फेक्सन गरेर आगामी साताबाट कार्यलय पुनः सुरु गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया