बेपत्ता बालिकाको शव सडेको अवस्थामा फेला

admin

उदयपुर , २६ साउन: घरबाटै हराएकी त्रियुगा नगरपालिका–६ मोहनपुर जंगलमा १६ वर्षीया बालिकाको श व सडेको अवस्थामा फेला परेको छ ।

सडेको अवस्थामा शवत्रियुगा नगरपालिका– ६ मोहनपुरका प्रेमकुमार चौधरीको छोरी कृशला चौधरीको रहेको मंगलबार प्र हरीले बताएको छ ।

साउन १३ गतेदेखि घरबाटै हराएकी कृशलाको शव १९ गते स्थानीय राजदेवी सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले वताए ।

‘शवको पहिचान बालिकाको बुबाले २० गते गरे,’ प्रहरी नायब उपरीक्षक गौतमले भने, ‘त्यसपछिमात्रै आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमको लागि पठाइएको हो ।’ घटना बारेमा सोधपुछको लागि ३ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी सूक्ष्म रुपमा अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया