justnep single

भद्रकालीको आकाशे पुलमुनि पल्टियो बस, तीन घा’इते

admin

काठमाडौं : बिहीबार बिहान काठमाडौंको भद्रकालीस्थित आकाशे पुलमुनि सवारी दु’र्घटना भएको छ। पुरानो बसपार्कबाट चन्द्रागिरि जान लागेको बा ३ ख ४४३७ नम्बरको बस आकाशे पुलमुनि पल्टिएको ट्राफिक प्र’हरी महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दु’र्घटनामा परी तीन जना घा’इते भएका छन्। उनीहरूको अवस्था सामान्य छ। घा’इते हुनेहरूमा चालक, सहचालक र एक यात्रु छन्।

बस पल्टिएपछि केहीबेर उक्त सडक खण्डमा सवारी जाम भएको थियो। अहिले भने अवस्था सामान्य भइसकेको महाशाखाले जनाएको छ। बस कसरी पल्टियो भन्ने कारण खुल्न सकेको छैन।

प्रतिक्रिया