justnep single

भागरथीको ह’त्या अनुसन्धानमा कमी कमजोरी नहोस् भनेर हामी संवेदनशील छौँ : प्रहरी

admin

बैतडी, २५ माघ : बैतडीकी १७ वर्षकी भागरथी भट्टको ह’त्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले गहिराइमा पुगेर अनुसन्धान भइरहेको बताएका छन् । उनले ह’त्याको विभिन्न कोणबाट अनुसन्धान थालिएकाले अहिले नै अनुसन्धानको विषयमा जानकारी खुलाउन नमिल्ने बताए ।

उनले दोषीलाई कारबाही हुनेमा ढुक्क हुन पनि आग्रह गरेका छन् । ‘हामी अनुसन्धानको गहिराइमा पुग्छौँ, कुनै कमीकमजोरी हुन नदिन संवेदनशील भएर काम गरिरहेका छौँ, जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयसँगको समन्वयमा छानबिन भइरहेको छु उनले भने ।

प्रहरीले भागरथीको ह’त्या परिचित व्यक्तिले नै गरेको हुन सक्ने आशङ्का गरेको छ । तर, अनुसन्धानमा बाधा पुग्ने भन्दै यसबारे थप जानकारी केही दिएको छैन । भागरथीको श’वसँगै भेटिएको मोबाइल र त्यसको कल डिटेलबारे अनुसन्धान गर्न विशेष टोली खटिएको छ भने नजिकका आफन्त र साथीभाइसँग पनि प्रहरीले सोधपुछ थालेको छ ।

बैतडीको दोगडा-केदार गाउँपालिका-७ की भागरथीको गएको बिहीबार श’व भेटिएको थियो । बुधबार विद्यालय गएकी भागरथी घर नफर्केपछि खोजी गर्ने क्रममा भोलिपल्ट जंगलमा श’व भेटिएको थियो । उनको ब’ला’त्कारपछि ह’त्या भएको हुनसक्ने अनुमान गरिएको छ । कपडा च्यातिएको, शरीरमा नीलडाम र घाउ भएको अवस्थामा भागरथीको श’व भेटिएको थियो ।

भागरथीका आफन्त तथा परिवारले न्यायको लागि गुहार मागेका छन् । भागरथीका बुबाको दुई महिनाअघि निधन भएकाले परिवारमा थप पीडा परेको छ । भागरथीको ह’त्यापछि गाउँ नै अहिले शोकमा डुबेको छ । ब’ला’त्कार र ह’त्याको विरोधमा आवाज उठ्दै आए पनि यस्ता घटना रोकिएका छैनन् ।

अझै कतिपय घटनामा त पीडितले न्याय नै पाउन सकेका छैनन् । यस अघि २०७५ साल साउन १० गते कञ्चनपुरकी निर्मला पन्तको ब’ला’त्कारपछि ह’त्या भएको थियो । तर, लामो समयदेखि यो घटनाको अनुसन्धान चले पनि दोषी पत्ता लागेको छैन । यसले प्रहरी प्रशासनमाथि प्रश्न समेत उठेको छ ।

प्रतिक्रिया