justnep single

भालुको आ’क्रमणबाट दुई जना गम्भीर घा’इते

admin

डोटी : डोटीको आदर्श गाउँपालिका-१ मा जंगली भालुको आ’क्रमणमा परि दुई जना ग’म्भीर घा’इते भएका छन् । जिल्ला प्र’हरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्र’हरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार ८४ वर्षीय रामबहादुर खड्का र उहाँकी पाँच वर्षीया नातिनी सरस्वती खड्कालाई भालुले आ’क्रमण गरेको हो ।

हिजो बेलुकी खेतबारीको काम सकेर घर फर्किँदै गर्दा उनीहरुलाई घर नजिकै भालुले आ’क्रमण गरेको जिल्ला प्र’हरी कार्यालय डोटीले जनाएको छ । उनीहरुको दिपायलमा रहेको शैलश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

खप्तड राष्ट्रिय निकुञ्जबाट गाउँमा आहाराका लागि आउने जङ्गली जनावरले बर्सेनि आ’क्रमण गर्ने गरेकोे सायल गाउँपालिकाका स्थानीय तेजबहादुर डुम्रेलले जानकारी दिनुभयो । आ’क्रमण गर्ने भालु अहिले पनि गाउँमै घुमी रहेका कारण नियन्त्रणमा लिन स्थानीयबासिन्दाले प्र’हरी प्रशासनलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया