मन्त्री शर्मालाई सांसद बस्नेतको चेतावनीः सूर्यविनायक–धुलिखेल सडकको बजेट काटे राम्रो हुन्न

admin

काठमाडौं, १ भाद्र : अर्थमन्त्री जनार्दन शर्मालाई नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अरनिको राजमार्ग अन्तरगर्त सूर्यविनायकदेखी धुलिखेलसम्मको सडक विस्तारको लागि विनियोजित बजेट कटौती नगर्न चेतावनी दिएका छन् ।

ओली नेतृत्व सरकारको पालामा सांसद बस्नेतकै पहलमा अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार प्रक्रिया थाल्ने गरि सरकारले २ अर्ब बजेट विनियोजन गरेको थियो । यसका लागि छ लेन सडकको डिजाइन सकेर स्वीकृतिका लागि पेश भएको थियो ।

केही वर्षदेखि धुलिखेलदेखि बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले सांसद बस्नेतकै पहलमा सडक विभागले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो । सोमवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले उक्त सडकको लागि एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दुई अर्व बजेट शुनिश्चित गरेको उल्लेख गर्दै उक्त बजेट कटौती गरेमा जनताले प्रतिरोध गर्ने चेतावनी दिए ।

सांसद बस्नेतले भने, “भक्तपुरबाट धुलिखेल जाने सडक बिस्तारको ओली नेतृत्व सरकारले विनियोजन गरेको २ अर्ब बजेट अर्थमन्त्री जनार्दन शर्माले हटाउन खोजेको भन्ने सुनियो, सावधान, विगतका सरकारले विनियोजन गरेका बजेट हटाए, खबरदार धरै चुनौती खेप्नु पर्ला ।” उक्त सडकखण्ड विस्तारमा केही वर्षदेखि चासो देखाउँदै आएको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०सँग समेत छलफल भइरहेको थियो ।

करीब १५ किलोमिटर लम्बाइको उक्त सडक संघीय राजधानीबाट वाग्मती प्रदेशअन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । उक्त सडक विस्तारका क्रममा सवारी साधनका लागि चार र दुई लेन सर्भिस लेन हुने जनाइएको छ । छ स्थानमा आकाशेपुल, चार स्थानमा पुल र एउटा कल्भर्ट निर्माण गरिनेछ ।

भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा प्रस्तावित एक दशमलव २९ किलोमिटर सुरुङमार्ग निर्माण गर्नेबारे समेत छलफल भएको थियो । सुरुङमार्ग भने दुई लेनको हुनेछ भने सडकको चौडाइ साढे तीन मिटरको हुनुपर्ने डिजाइनमा उल्लेख गरिएको छ ।

आयोजनाका लागि करीब रु सात अर्बको टेन्डर आह्वान हुने प्रक्रियामा रहेको र ओली सरकारले पहिलो चरणमा दुई अर्बको बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया