मलामी गएर फर्किँदै गरेका वृद्धको भिरबाट लडेर ज्यान गयो

admin

पाँचथर, ८ भाद्र : मलामीबाट घर फर्कने क्रममा भिरबाट लडेर फिदिम नगरपालिका ८ घलेगाँउका ६५ वर्षीय पदमबहादुर राईको ज्यान गएको छ । फिदिम १४ बाँसबोटेको भिरबाट लडेर राईको ज्यान गएको प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मलामी गएका राई अबेरसम्म घर नआएपछि खोजी गर्ने क्रममा उहाँका छोराले मङ्गलवार मृत अवस्थामा फेला पार्नुभएको थियो । गोरेटो बाटोबाट झन्डै एक सय मिटर तल मृत अवस्थामा राईलाई भेटिएको थियो ।

प्रतिक्रिया