माओवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै

admin

काठमाडौं, ६ भाद्र : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मन्त्री हुनेको नामावली पनि टुंग्याउने सम्भावना छ ।

यसअतिरिक्त आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायत सांगठनिक कामलाई टुंगो लगाउने गरी छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।

 

प्रतिक्रिया