justnep single

यस्तो छ आगामी ३ दिनको मौसम

admin

काठमाडौं : मौसम पूर्वनुमान महाशाखाले आज राति देशका विभिन्न स्थानमा हल्का वर्षा तथा तराई क्षेत्रमा बाक्लो हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति प्रदेश १, प्रदेश २ बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुई स्थाानमा हल्का वर्षाको सम्भावाना देखिएको बताइएको छ। साथै तराईमा बाक्लो हुस्सुरकुहिरो लाग्ने सम्भावना छ। आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष २७ गते (सोमबार)
राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ बाग्मती प्रदेश र गण्डकी प्रदेशको एक दुई स्थाानमा हल्का वर्षाको सम्भावाना रहेको छ, तराईका भूभागमा बाक्लो हुस्सुरकुहिरोको संभावना रहेको छ भने बाँकि अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २८ गते (मंगलबार)
दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ र तराईका भु-भागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ। देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २९ गते (बुधबार)
दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका भु-भागमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने सुदुरपश्चिम प्रदेशको तराईका भु-भागमा आंशिक बदली रहनुका साथै देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको विभिन्न भू-भागमा बिहानको न्युनतम तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केहि भू-भागमा बिहानको समयमा हुस्सु्रकुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया