justnep single

यी व्यक्तिले ‘भगवान बन्न’ आफूलाई नै जमिनमा गाडेपछि…

मनिषा थापा

एजेन्सी  :  भारतको राजस्थानमा अबस्थित एक गाउँको एक मन्दिरमा तान्त्रिक रहेका धिरज खारोलले आफुले आफैलाई जमीनमा गाड्ने प्रयास गरेका छन् । केही समयअघि उनले आफूलाई जमिनमा गाडेर समाधी लिने र तीन दिनपछि भगवानको रुपमा पुनर्जन्म लिने घोषणा गरेका थिए ।

उनले भगवानको रुपमा पुनर्जन्म लिनका लागि आफूलाई जमिनमा स्वेच्छिकरुपमा गाडेका हुन् । करिब आठ घण्टा जमिनभित्र गाडेको अवस्थामा रहे पछि उनको उद्दार गरिएको थियो ।

यता, गाउँका मानिसहरुले उनलाई सम्झाउनुभन्दा पनि उनको निर्णयलाई स्वागत गर्दै उल्टै सहयोग गरेका थिए । उनीहरुले धिरज बस्ने मन्दिर नजिकै खाल्डो पनि खनेका थिए ।

गत बुधबार नवरात्रीको पहिलो दिन धिरजको निर्देशन अनुसार गाउँका मानिसहरुले उनलाई जमिनमा गाडेका थिए । नजिकका गाउँका मानिसहरु पनि आएर यो ‘समारोह’ मा सहभागी भएका थिए । जब यो खबर नजिकैको प्रहरी कार्यालयमा पुग्यो प्रहरीले यो कार्य रोक्न टोली पठायो । प्रहरी अधिकारी मानसिंह देव र केही प्रहरी उनलाई उद्धार गर्न पुगे पनि गाउँलेले केही बेर उनहिरुलाई रोकेका थिए ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार प्रहरीले गाउँलेलाई यसबाट उनको ज्यान जाने कुरा सम्झाएपछि मात्र उद्धार गर्न दिएका थिए ।

प्रहरीले धिरजलाई गाडेको स्थान खन्दा उनी बेहोस भइसकेका थिए । मिडिया रिपोर्टका अनुसार उनलाई तत्कालै नजिकैको स्वास्थ्य चौकी लगिएको थियो । उनको स्वास्थ्य अहिले सामान्य रहेको छ ।

प्रतिक्रिया