justnep single

युवा संघको प्रश्न- पदकमा लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा खोई ?

admin

काठमाडौं, २९ चैत : सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा नेकपा (एमाले) को खनाल-नेपाल समूह निकट युवा संघ नेपालले पदकमा नेपालको नयाँ नक्सा नराखिएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा विभिन्न मानपदवी, अलङ्कार र पदक प्रदान गरेकी थिइन् । ती पदकमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नगरी पुरानै नक्सा प्रयोग भएको छ । त्यसैको विरोधमा युवा संघ नेपालले शनिबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले ‘लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा खोई ?’, ‘नेपालको पूर्ण नक्सा (चुच्चे) को प्रयोग सुनिश्चित गर’ लगायत नारा लेखिएका ब्यानर तथा प्लेकार्ड लिएर सडकमा सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीले ‘संविधान मिच्न पाइँदैन’, ‘चुच्चे नक्सा प्रयोगमा ल्याउ’, ‘राष्ट्रघाती सरकार मुर्दावाद’, ‘चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर’ लागयतका नारा लगाएका थिए ।

प्रतिक्रिया