justnep single

यो सरकारको काम छैन, दुई हप्तामै जानसक्छ : नवनियुक्तमन्त्री मनाङ्गे

admin

काठमाडौं, १६ वैशाख : गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ उर्फ दिपक मनाङ्गेले सरकार दुई सातामै जानसक्ने बताएका छन् । तर चुनावमा मुख्यमन्त्रीले आफूलाई सहयोग गरेकाले गुन तिरेको उनले बताए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाएका थिए, जसमा मनाङ्गेलाई नियुक्त गरिएको छ । शुक्रबार सपथ लिएका उनले पदभार ग्रहण गरे ।

लगतै सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मनाङ्गेले यो सरकार दुई सातामा पनि ढल्न सक्ने बताए । तर छोटो समयमा चेन्ज ल्याउन सक्ने भएकाले मन्त्री भएको भन्दै उनले भने, ‘यो सरकार काम नै छैन किनकी यो दुई हप्तामा जानसक्छ ।’

प्रतिक्रिया