रत्नपार्कमा बसेर पदक वितरण गरिएको जस्तै छ क्या ह्वारह्वार, बुद्धिजीवी र नागरिक समाज कता गए किन चुपचाप ?

admin

काठमाडौं, ५ असोज : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरण गरेको पदकको सम्बन्धमा बुद्धिजीवी र नागरिक समाज मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलबार मदन भण्डारीको जीवनीबारे लेखिएको पुस्तक श्वेत शार्दुल सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले पदक वितरण गरेर विरोधीको मुख थुन्न लागेको बताएका हुन् । उनले न्यायाधीश, वकिल र पत्रकारलाई पदक वितरण गरेपछि सरकारको विरोधमा कसैले नबोल्ने पनि बताए ।

अध्यक्ष ओलीले भने, ‘अस्तिको दिन वितरण गरिएकोजस्तो पदक हामीले वितरण गरिएको भए बाबा । अहिले त निर्णय खारेज गर्ने अदालतलाई पनि वितरण गरिदिएको छ, कसले खारेज गर्ने ? बहस गर्ने वकिललाई पनि वितरण गरिदिएको छ, कसले बहस गर्ने ? विरोधमा बोल्ने टेलिभिजन, अखबार आदि इत्यादिलाई पनि वितरण गरिदिएको छ, ती पनि चुपचाप कसले बोल्ने ? कस्तो सबैतिर ढ्याकढ्याक्ती ढोका थुन्ने । कतैबाट आवाज नआओस् । कतैबाट विरोधको स्वर नआओस् । कतैबाट उज्यालो नछिरोस् । सबैतिर अन्धकारमा चलाउने । विरोधी नै रहेनन् । हामीलाई कुनै टाउको दुखेको होइन । यति धेरै पदक त कहिले पनि बाँडिएको थिएन होला ? रत्नपार्कमा बसेर वितरण गरिएकोजस्तै छ क्या ह्वारह्वार । म प्रधानमन्त्री भएको बेला यसरी वितरण गरेको भए ओहो । के हुन्थ्यो ? बुद्धिजीवीहरुले के भन्थे ? नागरिक समाज के भन्थ्यो ? चुपचाप । आज रमाइलो छ सबै चुपचाप छन् । सञ्चो छ । शान्त छ ।’

आफ्नो सरकारको पालामा विरोध गर्ने बुद्धिजीवी र नागरिक समाजले अहिले देउवा नेतृत्वको सरकारले रत्नपार्कमा बसेर वितरण गरेको जस्तो ह्वारह्वार पदक वितरण गर्दा पनि विरोध नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । अध्यक्ष ओलीले वर्तमान सत्तारुढले मन्त्रीको आकाङ्क्षीलाई २५ जनाभित्रमा समेट्न नसकेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको टिप्पणी गरे ।

सरकारले युवा पुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको उनको आरोप छ । उनले वर्तमान सरकारलाई ग्रहणको संज्ञा दिँदै त्यतातर्फ नहेर्न अनुरोधसमेत गरे । सरकारतर्फ हेरे अशुभ हुने ओलीको तर्क छ । यस्तै अध्यक्ष ओलीले वर्तमान सत्तारुढले मन्त्रीको आकाङ्क्षीलाई २५ जनाभित्रमा समेट्न नसकेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका छन् ।

सरकारले युवा पुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको उनको आरोप छ । उनले वर्तमान सरकारलाई ग्रहणको संज्ञा दिँदै त्यतातर्फ नहेर्न अनुरोधसमेत गरे । सरकारतर्फ हेरे अशुभ हुने उनको अध्यक्ष ओलीको तर्क छ ।

उनले भने, ‘जनतामा राजनीतिप्रति निराशा, वैराग्य भाव, विरक्त, वितृष्णा पैदा गर्ने कोसिस भएको छ । जानाजान पत्रकारलाई पनि पदक, उसलाई पनि पदक, वकिललाई पनि पदक दिइएको छ, बोल्ने कोेही नराखेजस्तै । यहाँ सबलाई निराशा बनाइदिने, युवाहरूलाई निराशा बनाइदिने, केही पनि हुँदैन भन्ने पारिदिने । दिउँसै पनि ग्रहण लाग्यो भने ग्रहणतिर नहेर्नु भन्छन् । अहिले ग्रहण लागेको छ । यो ग्रहणतिर हेर्ने काम छैन । यो ग्रहण लागेको छ । अशुभ छ । २५ मा सहज हुन उहाँहरूलाई सहज भइराखेको छैन । गाह्रो त्यही हो । ७०र७२ दिन किन पूर्णता पाउँदैन सरकारले रु कार्यकाल छ सवा वर्षको । सवा वर्षको २० प्रतिशत भाग गयो । खाली चिन्ता हो देशको बहुमूल्य समय बर्बाद भो ।’

कार्यक्रममा उनले सरकारले वितरण गरेको पदकको सम्बन्धमा बुद्धिजीवी र नागरिक समाज मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरे । अध्यक्ष ओलीले मदन भण्डारीको जीवनी समेटिएको पुस्तकले मदन भण्डारीको बहुआयामिक व्यक्तित्वको बारेमा समेटेको धारणा व्यक्त गरे । उनले भण्डारीले नेपाली राजनीतिमा पुर्‍याएको योगदानको चर्चासमेत गरेका थिए ।

प्रतिक्रिया