रामेछाप जीप दुर्घटना : एक जनाको ज्यान गयो, चार जना घाइते

admin

रामेछाप, १० असोज : रामेछापको सुनापति गाउँपालिका-४ बेथानको पानी ट्याङ्कीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । प्रदेश ३-०१-०२४ च १४४० नम्बरको जीप शनिबार बेलुका दुर्घटना हुँदा सुनापति गाउँपालिका-३ हिलेदेवीकी ४३ वर्षीया शारदा खत्रीको ज्यान गएको हो ।

उनको काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा (आज) आइतबार बिहान ज्यान गएको हो । दुर्घटनामा घाइते भएका अन्यको भने उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएका नेपाली कांग्रेस रामेछापका पार्टी उपसभापति जितेन्द्र मोक्तान, मेगबहादुर खत्री र प्रकाश गौतम र गाडी चालक रामकुमार लामाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया