justnep single

राष्ट्रवादी केन्द्र नेपालको प्रशिक्षण कार्यक्रम सम्पन्न, प्रदेश खारेजीको माग

admin

काठमाडौं, ८ चैत्र : राष्ट्रवादी केन्द्र नेपालले काठमाडौंको कोटेश्वरस्थित लोटस पाटी प्यालेसमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रवादी केन्द्र नेपालका संयोजक चन्द्रबहादुर थापाको प्रमुख आतित्थ्यमा उक्त प्रशिक्षण सम्पन्न भएको हो । कार्यक्रममा संयोजक थापाले नेतृत्व निर्माण , संगठन परिचालन तथा सुदृढीकरणको लागि तीन मैने कार्ययोजना पेश गरेका छन् ।

सात सयभन्दा बढीको केन्द्रीय नेतृत्वको सहभागितामा भएको उक्त प्रशिक्षण कार्यक्रममा नेपालीको बेरोजगारी समस्याका बारेमा घनिभुत छलफल गरिएको थियो । पटकपटक राजनीति संघर्षहरु हुदै यहा सम्म आउँदा नेपाली जनताले निरासा बाहेक अरु केहि पाएनन् बरु हिजो भन्दा आज दिनप्रतिदिन पिडा र निराशा थपिदै गएको र राष्ट्र कम्जोर हुदै गएको अवस्था छ ।

सिंगो मुक्तिको लागी गुट, फुट र दल भन्दा माथी उठि राष्ट्र-राष्ट्रियता, धर्म-संस्कृति र जनजीविकाको लागी सम्पुर्ण देशभक्त , राष्ट्रप्रेमी र राष्ट्रवादी नागरिकहरु राष्ट्रिय झण्डा मुनि एकजुट हुनुको अर्को विकल्प नभएको बताए । जबसम्म बेरोजगार बर्गको मुक्ति हुनेछैन तबसम्म राष्ट्रिय मुक्ति सम्भव छैन भन्ने प्रशिक्षणको निष्कर्ष छ ।

राष्ट्रिय मुक्तिको लागि शिक्षा र स्वास्थ्य निशुल्क, देशभित्रै क्षमता अनुसारको रोजगारको ग्यारेन्टीसहित वैदिक सनातन धर्म सापेक्ष राष्ट्र कायम गर्न सम्पुर्ण नेपाली नागरिकहरुलाई थापाले आग्रह गरेका छन् । उनले संघीयताअनुसार बनेका प्रदेश खारेजीको मागसमेत गरेका छन् । अहिले नेपालमा संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेचे जस्तै भएको उनको भनाई छ ।

संसदीय व्यवस्था नेपाललाई अस्थिर बनाई राख्ने साधन बनेको उनको दाबी छ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार प्रमुख हुने प्रणालीमा जादा देशले स्थिर सरकार पाउने र स्थायित्व तिर जाने भएको हुदा बिकास र समृद्धिका लागी राष्ट्रवादी केन्द्र नेपालले मुख्य विकल्पका रुपमा जननिर्वाचित कार्यकारी सरकार प्रमुख हुने प्रणालीलाई अहिलेको संसदीय व्यवस्थाका विकल्पमा सारेको छ ।

त्यसैगरी राष्ट्रवादी केन्द्र नेपालका भातृ संगठनका प्रमुख, आर्क प्रमुख र बाहिर जिल्लाबाट आएका नेताहरुले आफ्नो मन्तव्य राखेका थिए । राष्ट्रवादी केन्द्र नेपालका केन्द्रीय अभियन्ता भुवन संगमको अध्यक्षता, बिन्दु केसीको स्वागत मन्तव्य तथा तारा अर्यालको संचालनमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया