लद्दाख लदाख द्वन्द्वमा चीनको पक्ष लिँदै चिनियाँ राष्ट्रपतिलाई ग्रेटर नेपालको पत्र

admin

काठमाडौं, असोज १५ : जनवादी गणतन्त्र स्थापना दिवसको अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई शुभकामना सन्देश पठाएको छ ।

बिहीबार मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले ७२ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश पठाएका हुन् । नेपालले पठाएको सन्देशमा चिनियाँ राष्ट्रपति सिको सक्रिय र सुझबुझपूर्ण नेतृत्वमा जनवादी गणतन्त्र चीनले गरेको प्रगतिको र समृद्धिको प्रशंसा गरिएको छ ।

यो सँगै भारत चीन विच पछिल्लो समय विवादित बनेको लद्दाख मुद्दामा चीनको पक्ष लिंदै अमेरिकाको प्रभावका कारण लद्दाखमा सैन्य झपड भएको मोर्चाको निष्कर्ष छ । चीन र भारतलाई छुट्याउने ‘म्याकमहन’ लाइन ब्रिटिश उपनिवेशको प्रतीक भएकोले त्यसलाई मान्न नसकिने र लद्दाख चीनकै अभिन्न अंग भएको मोर्चाको ठहर छ ।

चीनका राष्ट्रपति सिलाई पठाएको सन्देशको अन्त्यमा नेपालले भनेका छन् , `अमेरिकी उक्साहटमा इन्डियाले यस क्षेत्रको शान्ति र स्थिरतामा खलल पुर्याने गरी चीनविरुद्ध जेजस्तो गतिविधि गरे पनि राष्ट्रपति सिको प्रभावकारी नेतृत्वमा वार्ताद्वारा यो द्वन्द्वको समाधान हुनेछ ।´ उनले सन्देशमा एक चीन नीतिको पूर्ण पालना गरिने पनि बताएका छन् ।

प्रतिक्रिया