justnep single

लहान मालपोत कार्यालयमा ब’म वि’स्फोट, ६ जना घाइतेमध्ये एकको अवस्था गम्भीर

admin

सिरहा, १ चैत : सिरहाको लहानमा रहेको मालपोत कार्यालयमा ब’म वि’ष्फोट भएको छ । आइतबार दिउँसो पौने एक बजेतिर भएको वि’स्फोटबाट ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले जानकारी दिए ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अरूको अवस्था सामान्य रहेको उनले बताए । आफू घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरिसकेको उनले बताए । वि’स्फोट गराउनेको पहिचान खुलेको छैन ।

तराई मधेशमा सशस्त्र विद्रोह गरिरहेको जनतान्त्रिक गोइत समूहको दोस्रो तहका नेता रामविलास यादवले आइतबार नै जिल्ला प्रशासन कार्यालय सिरहामा आ’त्मसमर्पण गरेकाले त्यही घटनाको प्रतिक्रिया हुन सक्ने अनुमान गरेको तर अनुसन्धानपछि थप कुरा थाहा हुने एसपी राजभण्डारीले बताए ।

प्रतिक्रिया