justnep single

विप्लव र माओवादी केन्द्रबीच तीन बुँदे सहमति

admin

काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेकपा माओवादीबीच तीन बुँदे सहमति भएको छ। विप्लव र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच तीन बुँदे सहमति भएको हो।

शनिबार बसेको बैठकले दुई पार्टीबीच सहमति भएको हो। वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न सहकार्य गर्ने, क्रान्तिकारीहरू एकताको लक्ष्य राखी सहकार्य गर्ने र यस प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीलाई पनि सहभागी गराउने सहमति बनेको छ।

प्रतिक्रिया