विवेकहीन नेतृत्वको पछि लाग्नु आफैलाई अन्धकारमा उभ्याउनु हो: डण्डि प्रशाद शर्मा

रबि धिताल
  • खगेन्द्र हमाल

सुर्खेत : संसारभरिका मजदुरहरू एक होऊ भन्ने उद्घोषका साथ शुरू भएको कम्युनिस्ट आन्दोलन अहिले विश्वका अधिकांश देशहरूमा विभिन्न प्रकारका प्रयोगको माध्यमबाट अघि बढिरहेको छ । कार्ल माक्र्स र एंगेल्सको प्रत्यक्ष सहयोगमा कम्युनिस्ट लिग का माध्यमबाट संगठित रूपमा शुरू भएको विश्व कम्युनिस्ट आन्दोलन अहिले विश्व राजनीतिको महत्वपूर्ण शक्ति बन्न पुगेको छ । दार्शनिकहरूले केवल संसारलाई विभिन्न प्रकारले व्याख्या गरेका छन्, तर मुख्य कुरा त्यसलाई बदल्नु हो भन्ने मान्यता राख्ने वैज्ञानिक समाजवाद र साम्यवादका प्रणेता कार्ल माक्र्सले आफ्ना घनिस्ट मित्र एंगेल्सको सहयोगमा कम्युनिस्ट आन्दोलनमा दार्शनिक र सैद्धान्तिक आधार तयार गर्ने काम गर्नु भएको हो थियो।

राजनीतिमा निरङ्गकुश तानाशाह,असभ्य नेतृत्वको बिगबिगी, वैचारिक अपाङ्गता र राजनैतिक गरिबीले ब्याप्त भएमा हामिले कल्पना गरेको समाजबाद सपनामै मात्रै सिमित रहनेछ।हिजोको बासीखाएर भोली भोकै बस्ने उग्रमहानता जवसम्मा हामी आफैबाट दृढ़ सोचको पालुवा पलाउदैन तवसम्मा लेलिनवादी सँगठनात्मक आवरणभित्र गुटवादी साँगठनिक बिषेशताको प्रयोग भैइ रहन्छ।अधिनायकवाद कुनै राजनैतिक प्रणाली नभएर नेतृत्वको चरित्र हो भन्ने कुरामा हामी स्पष्ट छौ । ईतिहाँसका निर्माता नेता नभएर जनता नै हुन भन्ने कुरामा पनि दुविधामा छैनौ।पार्टी पंक्ति स्वच्छ विचार, डाईनोमिक सिद्धान्त, र सँगठन नेतृत्वको निर्णय बाट नै ब्यवहारको गतिशिलतामा आधारित भएर मात्रै जिवित रहन सक्छ।खेतबारीमा भएको माटोको मात्राले मूल्य निर्धारण गर्दैन,?उत्पादन क्षमताले गर्छ ।

हामीले सत्ता,स्वार्थ, लोभ र पापको लडाई लडेका हैनौं, नेपालको माटो र स्वाभिमानको रक्षाकवज हो देशभरिका कार्यक्रताको बिगत । वर्तमान बिगतको गौरव हो भने भविश्य वर्तमानको पुत्र । विश्वका सम्राज्य–पुजीवादीहरुलाई एउटा भुतले सताई रहयो त्यो हो साम्यवाद । नेपाली कम्युनिस्ट आन्दोलनका नेताहरुलाई पनि एउटा भूतले डोर्‍याई रहेको छ त्यो हो गुटवाद। हेक्का रहोस् ,हामी तुच्छ मानिस हैनौं लगातार गल्ती गर्ने।हामी महान हौ लगातार सहने । हामी विध्वंशकारी र विखण्डनकारी हैनौं,तमाम कार्यकर्ताको राजनैतिक जीवनलाई निमोठेर पगाल्ने, हामी श्रृजनशिल र निर्माणकर्ता हौ राजनितीक रुपमा हारिसकेकालाई स्थापित र जिम्मेवारीमा पुर्याउने । जनता र कार्यकर्तालाई राजनैतिक वल प्रयोगबाट दमन गर्न सकिदैन भन्ने मदन भण्डारीको मान्यतालाई आत्मसाथ गर्न सक्दैनौं भने हिटलरको वंशजमा वस्ती सर, हामी कदापी हाम्रो ईतिहाँस हाम्रो अगाडी रोएको हेरेर बस्ने छैनौं ।

राजनीतिमा मनको सुरो र बुद्धिको मोटो वा कमजोर भयो भने त्यसले मानिसको बल र दुस्साहसी आँटको मात्र कुरा बुझ्दछ । उसले मानिसलाई तर्साएर पिटेर र मारेर पनि सत्ता प्राप्तिलाई प्रमुखता दिन्छ । उसले मार्न चाहेको मानिसमा ठूलो सम्भावनाज भएको देख्नै सक्दैन । कसैले त्यसमा ठूलो सँम्भावना छ भन्ने बताई दिएमा उ झन आक्रोशमा आएर त्यसलाई समाप्त पारेरै छाडने कसम खान्छ , त्यो हो अर्काको बुद्धि र पौरखमा आफनो घमण्डको रजाई गर्ने पदिय दरिद्र । मानिस शासनको बन्दनबाट हैन अनुशासनबाट अघि बढ्ने प्राणी हो । यस श्रृष्टिको पुरानो रुपलाई अरु कुनै प्राणीले फेर्न सक्दैनथ्यो केवल मानिसको चिन्तन प्रतिभा, बुद्धि र विवेकले मात्र यसमा परिवर्तन ल्याएको हो । कडा शासनबाट शासित मानिसले अनुशासित भएर प्रगति गर्दो हो त अहिलेको विश्व प्रगति मध्ययुग मै देखाँ परिसकेको हुने थियो ।

देशमा संविधान घोषणा भएको लामो समय भैसक्दा पनि सबै जनताले अझै त्यसको स्वामित्व कबुल गरिसकेका छैनन् । यस्तो समस्या कानुनी तर्कले मात्र समाधान हुँदैन ।लोकतान्त्रिक शक्तिहरूमाझ संविधानको अपनत्व स्थापित गर्दै समाजवाद, लोकतन्त्र र शान्ति प्रक्रियाको सफलता निम्ति राष्ट्रिय सहमति र सहकार्यको सान्दर्भिकता नै आजको प्रमुख आवस्यकता हो।यस्तो संवेदनशील स्थितिमा देशको वास्तविकता, अग्रगामी परिवर्तनका कार्यसूची र बहुल चरित्र भएको हाम्रो धरातलीय यथार्थलाई नेतृत्वले स्वीकारेनन् र गुटबन्दी तथा एकल अहंकारको बाटोमात्र हिँडिरहे भने ढिलो–चाँडो उत्पन्न हुने राजनीतिक संकटको निम्ति देशले ठूलै मूल्य तिर्न नपर्ला भन्न सकिन्न ।

असल शिक्षक वा नेता त्यो हो जसले आफना विद्यार्थी वा कार्यकर्ताका प्रारम्भिक जीवनका कतिपय साँकेतिक पक्षबाट तिनका भावी उज्याला सम्भावनाहरु ठम्याएर पे्ररित गर्दछ । कहिलेकाँही हतास हुदाँ आशावादी बनाउने प्रेरणा दिदै भावी संभावनाका सपना देखाईरहन्छ । यसमा मानवीय मुल्य बोधको लक्ष्य प्राप्ति हुन्छ । तर आफ्ना आन्तरिक प्रतिस्पर्धि वा विरोधिहरुलाई ज्यानबाट नै समाप्त पारेर आपू शक्तिशाली सत्तासिन बन्न चाहाने स्वाँठ् नेतृत्व मानव मुल्य विरोधी सबैभन्दा खतरनाक मानिस हो ।त्यस्ता स्वाठहरुबाट अहिलेका युवा पुस्ताहरु सचेत हुन जरुरि छ।

आफना विरोधिहरुका पनि योग्यता–क्षामता चिनेर तिनलाई प्रोसाहित गरी स्वतः आफुतिर आकर्षित गर्न सक्ने ब्यक्ति नै मानव मुल्यबोध भएको नेता या विवेकशील चिन्तक हो । तर डिग्री लिएको शिक्षक र हुलभेलमा पद प्राप्त गरेको नेता बुद्धिमा स्वाठ छ भने नेता कार्यकर्ता र आफ्ना विद्यार्थी कुटेरै तह लगाउछु भन्ने सोच्दछ र मुड्रकीको पौरखमा शान्त र ज्ञानी बनाउन खोज्दछ । राष्ट्र, समाज र पार्टीलाई संकट हुदा पंक्षिन्छ।यस्तो विवेकहिन नेतृत्वको पछिलाग्नु आफुलाई अन्धकारमा उभ्याउनु हो ।

प्रतिक्रिया