वृद्ध भत्ता बढाएर पाँच हजार पुर्‍याउँछु- प्रधानमन्त्री ओली

admin

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकहरूले पाउँदै आएको मासिक तीन हजार वृद्धभत्ता बढाएर यही सरकारले नै पाँच हजार पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बिहीबार काठमाडौंमा भएको भर्चुअल कार्यक्रमको ३०औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा प्रधानमन्त्री ओलीले यस्तो प्रतिवद्धता गरेका हुन् ।

तत्कालीन नेकपा एमालेको सरकारले जेष्ठ नागरिकको सम्मान स्वरुप वृद्धभत्ताको सुरुआत गरेको स्मरण गर्दै ओलीले अहिले जेष्ठ नागरिकले पाउनुपर्ने भत्ता घरमै पुर्याईदिन स्थानीय सरकारलाई आग्रहसमेत गरे ।

जेष्ठ नागरिकहरुले पाउनुपर्ने सुविधा पर्याप्त नभएको भन्दै प्रधानमन्त्री ओलीले जेष्ठ नागरिकहरुलाई ज्ञानको भण्डारका रूपमा सिक्ने र नयाँ पिँढीमा ज्ञान हस्तान्तरण गरिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया