संसदमा गगन थापाको प्रश्न : मन्त्रिपरिषद विस्तार किन हुन सकेन ?

admin

काठमाडौं, २८ साउन : कांग्रेसका सांसद गगन थापाले मन्त्रिपरिषद विस्तार हुन नसक्नुको कारण माग गरेका छन् । विहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता थापाले सरकारको साझा न्यूनतम कार्यक्रम अनुसार अघि बढ्न सरकारलाई आग्रह गरे ।

थापाले प्रतिपक्षीमा बस्नेबितिकै सरकारलाई सुझाव दिने एमाले अध्यक्ष केपी ओलीले सरकारमा रहँदा केही पनि गर्न नसकेको तर्क गरे । सरकारले सबैको कुरा सुनेर अगाडि बढ्नुपर्ने भन्दै थापाले अघिल्लो सरकारले प्रमुख प्रतिपक्षीलाई नसुनेको आरोप लगाए ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपीनाथ मैनालीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘स्टाण्डर्स नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६’ सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक साउन २९ गते शुक्रबार १ बजे बोलाइएको छ ।

प्रतिक्रिया