justnep single

सचिव सरुवाको निर्णय सार्वजनिक नहुँदै सच्याइयो

admin

काठमाडौं, ७ फागुन : सरकारले सार्वजनिक नगर्दै सचिव सरुवाको निर्णय सच्याएको छ । अघिल्लो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डेढ दर्जनभन्दा बढी सचिवहरुको सरुवा एकैपटक गरेको थियो । तर औपचारिक रुपमा निर्णय सार्वजनिक नगर्दै सरकारले करिब आधा दर्जन सचिवहरुको सरुवा निर्णय सच्याएको छ ।

शिक्षा मन्त्रालयबाट सरुवा गरिएका गोपी मैनालीको सरुवा सच्याएको छ । उनलाई उपराष्ट्रपति कार्यालय लगिएको छ । यसैगरी टेकनारायण पाण्डेको पनि सरुवा निर्णय सच्याइएको छ । उनलाई हाल भूमि व्यवस्था मन्त्रालयमा नै यथावत राखिएको छ । सरकारले निर्वाचन आयोगकी सचिव देवकुमारी गुरागाईंको पनि सरुवा सच्याएको छ ।

गुरागाईंलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा लगिएको छ । त्यसैगरी बेगेन्द्र राज शर्मा पौडेलको सरुवा सच्याउँदै वित्त आयोगमा राख्ने निर्णय गरिएको छ । सरकारले प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई उद्योग मन्त्रालयमा ल्याएको छ भने लोकसेवा आयोगका सचिव अर्जुन पोखरेललाई वाणिज्यमा ल्गाएको छ । अघिल्लो सता डेढ दर्जन भन्दा बढी सचिवको सरुवा गर्दा सरकारले गृहमन्त्रालयमा र संघीय मन्त्रालय भने चलाएन । – नागरिक दैनिक

प्रतिक्रिया