justnep single

सञ्चारमन्त्री भन्छन्, पत्रकार देख्नेबित्तिकै डराउनुपर्ने अवस्था आयो !

admin

काठमाडौं, २८ पुस : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् । मन्त्रालयमा मंगलबार पत्रकार महासङ्घ काठमाडौं जिल्ला शाखाका प्रतिनिधिसँगको भेटमा मन्त्री गुरुङले अहिले भइरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

मन्त्री गुरुङसँगको भेटमा काठमाडौं शाखाले विभिन्न माग समेटेको १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । राम्रो कामको प्रशंसा प्रतिपक्ष दलले गरेको भए पनि सञ्चार जगत किन पूर्वाग्राही भएको भन्दै आश्चर्य व्यक्त गरे । अहिले पत्रकार देख्नेबित्तिकै डराउनुपर्ने अवस्था रहेको उनले टिप्पणी गरे ।

मन्त्री गुरुङले समाचारको माध्यमबाट समाज रुपान्तरण र द्वन्द्व व्यवस्थापन गर्न सकिने भए पनि अहिले ठिक उल्टो पत्रकारिता भइरहेको बताए । सरकारले राम्रो काम गरे पनि विरोध नै गर्नुपर्ने भन्दै पत्रकारिता पेसाको सम्मानका लागि सच्चिनुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया