justnep single

सडकबाटै सरकार ढाल्ने चेतावनीसँगै संसद बिघटनको बिरोधमा लाखौ युवाद्वारा प्रदर्शन (भिडियोसहित)

अस्मिता बेल्बासे

काठमाडौं, ५ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा विभिन्न पार्टी र उनीहरुका भ्रातृ संगठनले विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघ, विवेकशील र अनेरास्ववियुका कार्यकर्ताले बानेश्वर र माइतीघरमा प्रदर्शन गरेका हुन् ।

नेविसंघले ओलीको कदमविरुद्व माइतीघरमा कोणसभा गरेको छ भने अनेरास्ववियु र विवेकशीलले संयुक्त रुपमा ओली कदमविरुद्ध नारावाजी गर्दै बानेश्वरतर्फ लागेको हो ।

प्रधानमन्त्री ओलीले संसदको ५ वर्षे कार्यकाल पुरा हुनुअघि नै संसद् विघटनको प्रस्ताव गरेपछि राष्ट्रपतिले सरकारको उक्त प्रस्ताव प्रमाणित गरेकी थिइन् । जसअनुसार संसद भंग भएको छ भने आगामी वैशाख १७ र २७ गते आम निर्वाचनको मिति तोकिएको छ ।

 

प्रतिक्रिया