सडक अवरुद्ध हुँदा १२ घण्टादेखि शव अलपत्र

admin

अछाम, १२ भाद्र  : लगातारको वर्षातका कारण पहिरो आएर सडक अवरुद्ध हुँदा १२ घण्टादेखि श व अलपत्र परेको छ । पहलमानसिंह स्वाँर राजमार्ग स्थित चौरपाटी गाउँपालिका कृष्ण भिर नजिक सडक अवरुद्ध हुँदा बाजुराको आटिचौर गाउँपालिका–७, दानी गाउँका ६७ वर्षका मान सिंह खड्काको श व अलपत्र परेको हो ।

गएराति ९ बजे पुगे पनि पहिरोका कारण बुवाको श व घरमा पुर्‍याउन नसकेको मृ त्यका छोरा सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।

चौरपाटी गाउँपालिकाको स्काभेटर बिग्रेपछी साँफेबगर नगरपालिकाको स्काभेटर पठाउने तयारी रहेको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया