सप्तरीमा सर्पको टोकाइबाट दिदी-भाइको ज्यान गयो

admin

सप्तरी, ६ असोज : सप्तरीमा सर्पले टोकेर एकै परिवारका दिदी–भाइको ज्यान गएको छ । सर्पले टोकेर खडक नगरपालिकाको वडा नं. २ सिस्वाबेल्हीका १४ वर्षीया सुनिता मण्डल र उहाँका भाइ नौ वर्षीय कृष्णको ज्यान गएको प्रहरीले जनाएको छ ।

घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरूलाई अस्पताल लगिएको थियो । सुनिताको उपचारका क्रममा सिरहाको लहानमा रहेको रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा ज्यान गएको र कृष्णको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा ज्यान गएको सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया