सिन्धुपाल्चोकमा फेरी कालिञ्चोक जादै गरेको जीप दुर्घटना, ७ जना घाइते

रबि धिताल

धुलिखेल, पुस १९ : काठमाण्डौबाट दोलखाको कालिञ्चोक तर्फ जादैँ गरेको बोलेरो जीप सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ ।

फाइल फोटो

ग २ च ६९६५ नम्बरको जीप सुनकोशी गाउँपालिका अन्तर्गत लामुसाँघू जिरी सडक खण्डको ६ किलो भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटनामा ७ जना घाइते भएका छन । दुर्घटनामा घाइते मध्ये कम्तिमा तीन जनाको अवस्था गम्भीर रहेको सिन्धुपाल्चोक डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

घाइतेको उद्दार गरी सिन्धु सदावहार अस्पताल खाडिचौरमा उपचार भइरहेको छ । जीपमा १४ जना सवार थिए । अस्पतालले भने घाइतेहरुको अवस्था सामान्य नै रहेको बताएको छ ।

प्रतिक्रिया