justnep single

सीपीएल खेल्न सन्दीप लामिछाने भोलि ट्रिनिडाड जाने

admin

काठमाडौं, १४ साउन : नेपाली लेगस्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न बिहीबार ट्रिनिडाड जाने भएका छन् ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई उडान बन्द भए पनि उनी बिहीबार अमेरिका हुँदै ट्रिनिडाड जाने तय भएको हो । उनी बिहीबार बिहान साढे १० बजे हुने चार्टर्ड उडानमार्फत ट्रिनिडाड जाने तय भएको छ ।

उनी आइतबार वेष्ट इन्डिज पुग्नेछन् । लगातार तेस्रो सिजनमा सीपीएल खेल्न लागेका सन्दिप यसपटक जमैका तालावाजबाट खेल्दै छन् । यो टिममा उनी एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध भएका हुन् ।

सन्दीपको टिम सीपीएलको फाइनलमा पुगेमा त्यसको नौ दिनपछि फेरि इन्डियन प्रिमियर लिग खेल्न उनी यूएई पुग्नु पर्नेछ । आईपीएल यूएईमा हुने पक्का भइसकेको छ । तर, खेल तालिका र नियमका बारेमा अगष्ट एक तारिखमा आईपीएलको गर्भनिङ काउन्सिलको बैठकले निर्णय गर्नेछ ।

सीपीएल आयोजकले प्रतियोगिता खेल्न आउनुअघि आफ्नो देशमा पीसीआर परीक्षणको रिपोर्ट लिएर आउनु भनेपछि सन्दीपले मंगलबार कोरोनाको पीसीआर परीक्षणका लागि स्वाब दिएका छन् । उनको रिपोर्ट बुधबार आउनेछ ।

प्रतिक्रिया