justnep single

सुतेको खाटसहित बेपत्ता भएका झा दम्पतीको श’व भेटियो

admin

महोत्तरी, १२ चैत : महोत्तरीमा एक महिना अगाडि सुतेको खाटसहित बेपत्ता भएका झा दम्पतीको श’व भेटिएको छ । पिपरा गाउँपालिका ५ का मुसाफिर झा र उनकी पत्नी गीतादेवीको महोत्तरीको पिपरा गाउँपालिका २ मा गाडिएको अवस्थामा श’व भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

फेला परेको श’व हराइरहेका झा दम्पतीकै भएको प्रहरीले पुष्टि गरेको छ । श’व पाँच फिट तल गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । झा दम्पतीको ह’त्या वा अ’पहरण भएकोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि दम्पतीको अ’पहरण गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । पिपरा गाउँपालिका-५ सहोडवा बस्ने ५२ बर्षीय रामबाबु यादव, उनका छोराहरू २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव र पिपरा-६ बस्ने भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुर पक्राउ परेका हुन् ।

प्रतिक्रिया