justnep single

सुमोको ठक्करबाट बि एन्ड बी अस्पतालका दुई कर्मचारीको मृ’त्यु

admin

ललितपुर, पुस ९ : ललितपुरको ग्वार्कोमा टाटा सुमोको ठक्करबाट दुई जनाको मृ’त्यु भएको छ। महानगरीय प्र’हरी परिसर, ललितपुरका प्र’हरी उपरीक्षक एसपी प्रज्वल महर्जनका अनुसार बिहीबार राति करिब ७ बजे बिएन्डबी अस्पताल अगाडि प्रदेश-३-००१ च ०७१३ नम्बरको टाटा सुमोले ठ’क्कर दिँदा बिएण्डबी अस्पतालमा कार्यरत दुई कर्मचारीको ज्यान गएको हो।

सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको गाडीले उनीहरूलाई ठ’क्कर दिएको हो। ‘आकाशेपुल भन्दा अलि तलबाट बाटो काट्दै थिए, ‘एसपी महर्जनले भने, ‘सोहीबेला टाटाले ठ’क्कर दियो। अहिले मृ’त्यु भएको खबर आएको छ।’

मृ’त्यु हुनेमा तनहुँ घर भइ ललितपुरको हरिसिद्धीमा बस्दै आएकी ३४ वर्षीय सुनिता सोती सापकोटा र ४५ वर्षीय कृष्णप्रसाद तिमल्सिना छन्। एसपी महर्जनका अनुसार ड्यूटी सकेर उनीहरू घर फर्कने क्रममा गाडीले ठ’क्कर दिएको हो।

उपचारका लागि तत्काल उनीहरूलाई बिएन्डबी अस्पताल लगिएको थियो। उनीहरूको उपचारकै क्रममा मृ’त्यु भएको हो। ससुमो चालक दोलखा घर भइ इमाडोल बस्दै आएका ३१ वर्षीय मिनबहादुर तामाङलाई प्रह’रीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया