justnep single

हामी विपक्षी पार्टी हौँ, अविश्वासको प्रस्ताव जसले ल्याए पनि हुन्छ : सभापति देउवा

admin

मोरङ, १० चैत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा नजाने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले कांग्रेसले सरकारमा जान मरिहत्ते नगरेको भन्दै प्रतिपक्षकै भूमिकामा रहने बताएका हुन् ।

‘कांग्रेस नेतृत्वको सरकार बनाउन हामी मरिमेटेका छैनौँ’ देउवाले भने ‘हामी विपक्षी पार्टी हौँ, हामीले विपक्षी पार्टीकै भूमिका खेलेका छौँ ।’ उनले पार्टी अविश्वासको प्रस्ताव ल्याउने पक्षमा नभएको बताए । ‘अविश्वासको प्रस्ताव जसले ल्याए पनि हुन्छ । अविश्वासको प्रस्तावको बारेमा हामीलाई थाहा छैन’ उनले भने ।

एक प्रश्नका जवाफमा पूर्वप्रधानमन्त्री देउवाले वर्तमान सरकार विरुद्ध आफ्नो दलले अविश्वास प्रस्ताव ल्याउने सम्बन्धमा आफूलाई थाहा नभएको बताउँदै अन्य दलले कहिले ल्याउने हो भन्नेबारे सम्बन्धित दलका नेतालाई नै सोध्न सल्लाह दिए । नेता देउवा सुनसरी, धरानको एक कार्यक्रममा सहभागी हुन यहाँ आएका हुन् ।

प्रतिक्रिया