हिँडिरहेको बेला पहिरोमा पुरिएका दुई जनाको श’व निकालियो

admin

गुल्मी, ६ असोज : गुल्मीको इस्मा गाउँपालिका २ हस्तिचौरको स्यालामा पहिरोमा पुरिएका दुई जनाको श’व निकालिएको छ । सोमबार साँझ पहिरोमा बेपत्ता भएका दुई जनाको श’व मंगलबार बिहान नेपाली सेनाले फेला पारेको हो ।

इस्मा गाउँपालिका-२ को रातचौरदेखि अगाडि स्याला भन्ने सडकमा हिँडिरहेको बेला सोमबार साँझ करिब ८ बजेको समयमा सडकमाथिबाट आएको पहिरोमा परी दुई जना बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी केदारराज पन्तका अनुसार बेपत्ता हुनेहरू स्थानीय ३९ वर्षीय प्रेम बहादुर कुमाल र ५ वर्षका बालक सफल कुमाल हुन् ।

तम्घास रातडाँडा सडक खण्डमा पहिरोले बगाएर छल्दी पनाह खोलामा बेपत्ता भएका उनीहरुको श’वलाई नेपाली सेना वीरभद्रजङ्ग गुल्म धागिथुम ब्यारेकबाट खटिएको टोलीले फेला पारेको गुल्मपपनि सेनानी भुपेन्द्र गुरुङले जानकारी दिए ।

सङ्गै बाटोमा हिँडेका एक जना भने बाँच्न सफल भएका छन् । अवरुद्ध सडक सुचारु गर्न डोजर लगाएको अध्यक्ष टीका रेस्मिले जानकारी दिए । त्यो सडक अबरुद्ध भए पनि तम्घासबाट मुसिकोटतर्फ जाने सामाचौर भाडगाउँ सडकबाट गाडी आवतजावत गरिरहेका छन् ।

प्रतिक्रिया