हेमन्त सेढाईको नेतृत्वमा ‘एमसीसी’ विरुद्ध संसद भवन घेराउको तयारी

admin

काठमाडौं, २३ भदौ : अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताविरुद्ध बुधबार भव्य विरोधसभा हुने भएको छ । नागरिकता तथा सिमाविद् हेमन्त सेढाईको नेतृत्वमा काठमाडौंको माइतीघर मण्डलबाट दिउँसो १ बजे विरोध र्‍यालीसहित संसद भवन घेर्ने कार्यक्रम रहेको छ ।

(आज) बुधबार २३ गते सदनको बैठकमा एमसिसी टेबुल हुने आशंका भएको भन्दै उक्त विरोधसभामा बाजागाँजासहित हजारौं युवाहरुको उपस्थिति रहने सेढाइले बताए । विकास परियोजनाको नाममा नेपाल छिरेर अमेरिकी साम्राज्यवादले आफ्नो गतिविधि बढाउने चलखेल गर्न लागेको भन्दै राष्ट्रिय झण्डासहित विरोधसभा आयोजना गरिएको हो ।

राष्ट्र र राष्ट्रियताको रक्षाका निम्ति राष्ट्रको अखण्डता जगेर्ना गर्न, मुलुकको सार्बभौमसत्ताको सुरक्षा गर्न स्वतन्त्र नागरिक, बिभिन्न बौद्धिक व्यक्तित्व, राजनैतिक पार्टी, स्वतन्त्र युवा तथा बिभिन्न अभियन्ताहरु एकसाथ भेला भएर एमसीसी खारेजीको माग राख्दै विरोध प्रदशर्न गर्न लागेका हुन्।

प्रतिक्रिया