justnep single

५,२४२ जनाको परीक्षण गर्दा ८९९ जनामा संक्रमण, थप १५ जनाको मृ’त्यु

admin

काठमाडौं, मंसिर २७ : नेपालमा पछिल्लो २४ घन्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच हजार २४२ स्वाब नमुनाको ‘पीसीआर’ परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ ।

थप १५ जनाको मृ’त्यु
पछिल्लो २४ घन्टामा देशभर कोरोनाका कारण थप १५ जनाको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ सय ८९ पुगेको छ ।

थप १,३५९ संक्रमणमुक्त
पछिल्लो २४ घन्टामा देशभर थप १३ सय ५९ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या दुई लाख ३४ हजार २३१ पुगेको छ । हाल देशभर ११ हजार ६७३ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया