अकास्सियो सुनको भाउ !

मनिषा थापा

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

आइतबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार तेजावी सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, सोमबार भने चाँदीको मूल्य यथावतै रहेको छ । आइतबार बजारमा चाँदी प्रतितोला मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७४५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया