अख्तियारकै नाममा जग्गा व्यवसायीको ठगि धन्दा, नौ जना प’क्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २६ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाम लिँदै जग्गा व्यवसायीसँग गैरकानुनी लाभ लिएको आरोपमा विभिन्न नौ जनालाई प’क्राउ गरिएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–२ चपलीका जग्गा व्यवसायीसँग आयोगमा उजुरी परेको भन्दै धा’कध’म्की दिएको पाइएको छ । आयोग र महानगरीय अ’पराध महाशाखाको संयुक्त टोलीले आफूलाई ज्योतिष बताउने अर्जुनकुमार थापा क्षेत्री, विजय रावल, जगदीश खड्का, राजेन्द्रकुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भुप्रसाद रेग्मी, शङ्करविक्रम खड्का, श्यामसिंह थापा र विवेक पोखरेललाई बिहीबार पक्राउ गरिएको हो । आयोगले उनीहरुको अनुसन्धान जारी रहेकाले आजमात्रै सार्वजनिक गरिएको हो ।

आरोपीमाथि आयोगमा उजुरी परेको छ भनी आपराधिक लाभ लिन खोजी मोबाइल फोनबाट सूचनाकर्तालाई पटकपटक मिसकल गरेको, फोन रिसिभ गर्दा आफूहरु अनुसन्धान अधिकृत भनेको पाइएको छ । आयोगमा उजुरी परेको, अनुसन्धान प्रक्रिया जारी रहेको, अनुसन्धान रोक्ने भए मलाई भेटनुस् भन्नेजस्ता एसएमएस पठाएको, फोन गरी भेट्न बोलाई डर ध’म्की दिएको पाइएको छ ।

ओरोपीले ड’रध’म्की दिई बार्गेनिङ गरेर रकम मिलाएको भन्ने सूचनाका आधारमा आयोग र महानगरीय अ’पराध महाखाशाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई प’क्राउ गरेको हो । आरोपीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्र’हरी अपराध महाशाखा टेकुमा पठाइएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया