अग्नि पीडितलाई पठाएको पाल एक महिनादेखि गाउँपालिकामै थन्कियो

admin

काठमाडौं, फागुन १८ : जुम्ला तिला गाउँपालिका–७ गोठी गाउँमा गत माघ १५ गते खाना पकाउने क्रममा चुलोबाट निस्केको सानो झिल्कोले बस्ती नै खरानी बनायो । अल्पकालिन समस्या समाधानका लागि गृहमन्त्रालयबाट टेन्ट आइपुगे पनि तिला गाउँपालिकामै थन्किएका छन् ।

नाग्म बजार पुगेका पीडितले भने, ‘अल्पकालीन समस्या समाधानका लागि पाल पुगेको छ भन्ने सुनेका छौँ । न देखेका छौँ, न पाएका । एकपटक लिइसकेपछि पाल फिर्ता गर्नुपर्छ भनेर गाउँपालिकाले भनेको छ । यो विषयमा पहल गरिदिनुपर्यो ।’

उनले अग्नि पीडितका लागि आएको पाल तत्काल उपलब्ध गराउन आग्रह गरे । जिल्ला प्रशासन कार्यालय जुम्लाको पहलमा गृह मन्त्रालयले ३१ वटा पाल पठाएको थियो । ‘त्यो पाल सिधै विपद् व्यवस्थापन समितिमा पुग्नुपर्ने हो,’प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले भने, ‘अब उपलब्ध गराउन आग्रह गर्दछु ।’

पीडितका लागि ३१ वटा पाल आएका छन् । विश्व खाद्य कार्यक्रमले गृहमन्त्रालयको समन्वयमा पठाएको पाल पीडितले पाउन नसक्नु दुःखद् पक्ष हो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया