अग्लो मन्दिरका लागि ३३ लाख सङ्कलन

शर्मिला गुरुङ

कुश्मा, २९ कात्तिक  :  पर्वत जिल्ला सदरमुकाम कुश्माबजारमा रहेको गुप्तेश्वर परिसरमा विश्वकै अग्लो शिव–पार्वती मूर्ति बनाउन रु ३३ लाख सङ्कलन भएको छ ।

मूर्ति, गुप्तेश्वर आश्रम र सिसमहल बनाउका लागि विसं २०७६ जेठ १ देखि ११ गतेसम्म आयोजना गरिने विराट गुप्तेश्वर धार्मिक मेला, तुलादान तथा कोटीहोम महायज्ञ आयोजना गरिने भएको मेला आयोजक समितिका अध्यक्ष पृथ्वीनारायण शर्माले बताउनुभयो ।

शिव पार्वतीको मूर्ति बनाउन रु एक लाख दिने १५१ जनालाई आयोजक बनाउने आयोजक समितिका संयोजक डा चुडामणि शर्माले बताउनुभयो । रासस

प्रतिक्रिया