अघोरी बाबालाई मेनिया : मनोबिद ढकाल

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय सामाजिक संजालमा भाइरल बनेका अघोरी बाबाले विवाह गरेका छन्। उनले करिव ३ महिना अघि नै विवाह गरे पनि हालै मात्र वैवाहिक बन्धनमा बाधिएको खुलासा गरेका हुन्।

उनको विवाहको खबर पछि धेरैले बदाई दिएका छन् भने कतिले साधु बनेको व्यक्तिले पनि विवाह गरेको भन्दै आलोचना गरिरहेका छन्। यसै विषयमा बोल्दै मनोविद गोपाल ढकालले भने बाबाले विवाह गर्नाले उनको भोगी हुने भित्रि इच्छा देखिएको बताए। उनले भने, ”अघोरी बाबा संसारिक मायाबाट टाढिएको हुन्छन। तर उनको इच्छा नाम कमाउने, परिवार बसाउने, आफ्नो इच्छाहरु पुरा गर्ने देखियो।” संसारिक मायाबाट टाढा नरहेको कारण अघोरीबाबालाई सच्चा जोगी भन्न नमिल्ने उनको बुझाई छ।

उनी जस्तै धेरै जोगीहरुको उदारहण दिंदै मनोविद ढकालले भने, ‘धेरै व्यक्तिहरु आफ्नो जीवनबाट दिक्क भएर आफुलाई भुलाउन जोगी बन्ने, कोहि गाँजा खान पाइने भएले त कोहि मानिसक रोगी भएको कारण जोगी बनेका छन्।’ उनले धेरै जस्ता माता र जोगीहरु मेनिया (उन्माद) रोगको सिकार भएको दावी गरे। उनले थपे, ‘एनेमिया रोग लागेका व्यक्ति, सृजनशील हुने, अपत्यारिलो कुरा गर्ने, धर्मको कुरा गर्ने, रोग निको पार्न सक्ने शक्ति भएको ठान्ने र उत्साहित हुने गर्छन। बाबाजीको हकमा पनि यस्तो देखिन्छ।’

त्यस्तै, उनले मेनियाबाट प्रभावित अघोरी बाबाको सम्बन्ध धेरै टिक्न नसक्ने अनुमान गरेका छन्। मेनियाबाट पिडित हुने व्यक्ति रिसाह, दुर्व्यसनमा पर्ने सम्भावना हुने, अत्याधिक भ्रम र अव्यवाहारिक चाहाना राख्ने भएकोले वैवाहिक जीवन पनि सफल नहुने उनले जनाए। ”मेनिया हुने व्यक्तिले आफुमा मेनिया रोग लागेको स्विकार नगर्ने तर जोश, जाँगर, कल्पना शक्ति बढी हुने भएकोले समाजमा राम्रो काम पनि केहि हदसम्म गर्न सक्छन।, ”उनले भने।

हेर्नुहोस भिडियो : 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू