अघोरी शम्भु भन्छन, ‘पशुपतिनाथमा मरेको मानिसको लुगा समेत लाए, अहिले अघोरी बन्न पाउँदा खुशी छु, परिवार लाजले टाढा भए’ [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : शम्भुनाथ अघोरी बाबा ३२ वर्ष अगाडी काम खोज्न पशुपतिनाथ आएका थिए। उनले विगतमा पर्यटन व्यापार गर्दथे। उनले पशुपतिनाथको भक्ति गर्दा गर्दै अघोरी बनेका हुन्। उनी शरीरमा कालो वस्त्र, लट्टेदार कपाल, निधारमा खरानीको टिका, हातका औलाभरी औटी र गलामा रुद्राक्षका माला पहिरिएर बस्ने गर्दछन। उनी भन्छन, ‘मैले लगाएको कपडा पशुपतीनाथको हो।’

पाटनमा घर भएका अघोरी शम्भुनाथले आफ्नो परिवार त्यागेर पशुपतिनाथमा भक्ति गरी बसिरहेका छन्। ‘म दुख पाएर आएको हु। मलाई अहिले भक्ति गर्दा गर्दा घरको याद आउदैन म भगवानको भक्ति मै खुशी छु, परिवार पनि खुशी नै छन्।’ ,उनले भने। अगोरीले तन्त्र विद्या जानेका हुन्छन तर यहाँ आजसम्म उनले सच्चा तान्त्रिक नभेटेको उनी बताउछन। उनले बाबा बताएर हात हेर्न फुटपार्कमा बसेका व्यक्तिहरु ठग हुन् सक्ने बताए।

उनले कयौ मठ मन्दिर, धामहरु दर्शनका लागि गईसकेका छन्। ३२ वर्ष देखि भक्ति गरेर बसेका अघोरी शम्भुनाथ आफुलाई कुनै तन्त्र मन्त्र नआउने बताए। आफु अघोरी बाबाको सिद्धी प्राप्त गर्न सधै भक्ति गरिरहन्छन। उनी अरु जोगी, साधु जसरी गाँजा, चुरोट खादैनन्। उनको अनुसार, गाँजा, धतुरो, रक्सि खानेले पनि सिद्ध प्राप्त गर्छु भन्नेहरु ढोंगी हुन्।

उनी भन्छन, ‘मैले पशुपतिनाथमा मरेको मानिसको लुगा समेत लाएको छु। लाउन खान निकै दुख थियो। मैले धेरै दुख कष्ट सहेर बसेको थिए। अहिले पशुपतिनाथको भक्ति साधनामा लागे पछि मेरो दुख, कष्ट सबै हराए।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू