अचानक धनी हुँदा मानिसले गर्छन् यी १४ काम, पढेर हुनुहुनेछ चकित !

मनिषा थापा

एक्कासी धनी भएपछि के गर्नुहुन्छ भनेर कसैले सोध्यो भने हरेक मानिसले यो गर्छु, त्यो गर्छु भनिहाल्छन् । अचानक धनी भएका मानिसको अनुभवबाट प्रायः हरेक मानिसले अनौठा काम गर्ने देखिएको छ । तपाई पनि यिनै काम गर्छु भन्नुहुन्छ होला, होइन त ?

१. मानिसले धनी हुने बित्तिकै गरिरहेको कामलाई चटक्कै छोडिदिन्छन् । काम छोडेपछि समयमा अफिस जान पनि परेन । यो भएन, त्यो भएन भनेर हैरान पार्ने हाकिमको गाली पनि खानुपरेन । र, सँगै काम गर्ने मानिसले दिने तनावबाट पनि मुक्त हुन पाइयो ।

२. हरेक मानिसलाई आफूले मन पराएको ठाँउ घुम्ने प्रकट इच्छा रहेको हुन्छ तर पैसाको अभावमा त्यो इच्छा इच्छामा नै सिमित भएको हुन्छ । त्यसैले धनी हुने बित्तिकै मानिसले गर्ने अर्को काम भनेको आफूलाई मन परेको ठाँउ घुम्न जानु हो ।
३. धनी भएपछि आफूलाई निकै मन परेको तर पैसा नभएर किन्न नसकेको जुत्ता किन्छन् । पसलमा गएर मूल्य नै नसोधी सिधै किनिहाल्छन् । त्यस्तै धनी भएपछि नजिकका साथीभाइ, आफन्त तथा इष्टमित्रलाई पनि केही न केही किनिहाल्छन् ।
४. हरेक मानिसले धनी हुने बित्तिकै कोठा सजाउन आफ्नो रुचि अनुसारका फर्निचर, बेड तथा अन्य सजावटका सामानको सूचि बनाउँछन् र किनिहाल्छन् ।
५.बार, रेष्टुरेण्ट वा होटेलमा भएका बेला चिनेका मानिस भेटिए भने अचानक धनी भएका मानिसलेउनीहरुलाई टन्न रक्सी पिलाइदिन्छन् । केही अपवाद बाहेक यो सबैले गर्ने काम हो ।
६. धनी भएपछि गर्ने अर्को काम भनेको दान दिएर समाजमा प्रतिष्ठा कमाउनु हो ।
७. आफूले सधैं तरकारी तथा अन्य सामान किन्ने पसलमा गएर महंगो महंगो तरकारी तथा सामान किन्ने काम पनि धनी भएपछि मानिसले गरिहाल्छन् ।
८. ऋणबाट मुक्त हुन साथीभाई, छरछिमेक तथा आफन्तसँग लिएको ऋण वा सापटी छ भने धनी भएपछि तत्कालै मानिसले तिरिहाल्छन् ।
९. आफ्नो ऋण तथा सापटी तिरेपछि बाबुआमाले लिएको कर्जा वा ऋण पनि धनी हुनेबित्तिकै मानिसले तिरिहाल्छन् ।
१०. भाडामा बस्दा बस्दा वाक्क भइसकेका मानिसको आफ्नै घर बनाउने सपना रहेको हुन्छ । यो सपना पनि धनी भएपछि पुरा भइहाल्छ ।
११.आफूसँग भएको पैसा खर्च हुने डरले धनी भएपछि सेभिङ खातामा प्रशस्त पैसा जम्मा गर्दछन् ।
१२. अरुको पार्टीमा गएर खाएको हुनाले धनी हुने वित्तिकै मानिसले भव्य र विशेष पार्टी दिइहाल्छन् ।
१३.आफैलाई मन पर्ने सवारी साधन कार वा मोटरसाइकल किनिहाल्छन् ।
१४.सबै मानिसको नयाँ फोन, नयाँ ल्यापटप तथा नयाँ टिभी किन्ने सपना हुन्छ । धनी भएपछि यो सपना साकार हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू