अचानक पोर्न ब्याण्ड गरियो कमसेकम ब्याकअपको लागि टाइम त दिनुपर्थ्यो भन्दै मिडियामा गुनासो गरे यी युवकले [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। मान्छेलाई हँसाउन सजिलो छैन। गुणस्तरीय सामग्री निर्माण गर्नु कमेडी सर्कलको टोलीका लागि सम्भवतः सबैभन्दा गाह्रो काम हो। पहिलो प्रयासमा नै गज्जबको कमेडियन बन्नु सम्भव कुरा पनि होइन।

हाँसोठट्टा आफैंमा यो संसारको सबैभन्दा सुन्दर कुरामध्ये एक हो । तर एक व्यक्तिलाई रमाइलो लाग्ने कुरा अर्कोलाई अपमानजनक र लाजलाग्दो लाग्न पनि सक्छ। नेपालमा पनि यस्तै नै भइरहेको छ । चाहे गाईजात्रामा हुने कार्यक्रम हुन् वा टिभी सो, कोही व्यक्ति तिनैमा रमाइरहँदा कोहीलाई तिनले आफ्नो वा अन्य कसैको अपमान गरेजस्तो लाग्छ।

नेपालमा ‘कमेडी कल्चर’ अहिले सेलाएको छ। मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतका कुनै जमानाका चर्चित कलाकारहरू हाल फिल्म निर्माणमा सीमित भएका छन्। टिभीमा आउने हास्य सिरियलहरु बन्द छन्।

यस्तो अवस्थामा कमेडी सर्कल नयाँ पुस्ताका कलाकारका लागि एक प्रभावकारी मञ्चका रूपमा विकास भएको छ। अहिले धेरै युवा जमात पनि कमेडीमा नै नतमस्तक भएर लागिपरेका छन्। हुन त समसामायिक विषयवस्तुलाई ठ्याक्कै पक्डेर कमेडी वेमा प्रस्तुत गर्नु उनीहरको कला पनि हो। यहि कला देखाउने एउटा गतिलो माध्यम युवाले पाएका छन्।

त्यसै युवा जमात अपूर्व क्षितिज सिङ पनि पर्छन्। सर्लाहीका बासिन्दा उनी हाल पेप्सीकोला बस्छन्। इन्डियाबाट सी ए को पढाई सकेर उनी अहिले जागिरको खोजीमा छन्। जागिर नपाएका पन होइनन् तर कतै तलब चित्त नबुझ्ने त कतै आफुले भनेको जस्तो काम नहुने भएकोले उनी वेरोजगार नै छन्। यहिँ बेरोजगारीको समयमा उनी कमेडी गर्ने गर्छन्। सबैलाई हसाउन उनी फुर्सदको समय सदुपयोग गरिरहेका छन्।

दिनभरिको थकानपछि एक छिन सुस्ताउन रेस्टुरेन्टमा जम्मा भएका करिब ३० जनाको समूह अगाडि उभिएका छन् अपूर्व क्षितिज सिङ। आफ्नो अगाडि उभिएका सबैको पालैपालो खिल्ली उडाइरहेका छन् उनी। समय र स्थान फरक हुन्थ्यो भने उनीमाथि जुत्ता बज्रिन्थे होलान्। तर, यहाँ उनले ताली पो पाइरहेका छन्। उनी थप जोशिँदै खिल्ली उडाउँछन्। यस्तै माहोलमा उनी चर्चित भएका छन् अचेल।

केहि समय अघि मात्रै नेपालको एक समसामायिक विषयवस्तुलाई च्याप्प समातेर कमेडी गरेका अपूर्व अहिले ट्रेन्डिंगमा छन्। नेपालमा दिनानुदिन बलात्कार जस्तो जघन्य घटना घटिरहेको अवस्थामा सरकारले नेपालमा पार्न साइट ब्याण्ड गरिएको छ। यसै विषयलाई आधारित मानेर उनले एक स्क्रिप्ट तयार पारे अनि सबै माझ पस्किए। उनको प्रस्तुतिले सबैलाई हसायो साथै सत्य ओकल्दा कत्तिको वाहिवाहि पनि पाए।

बलात्कारको घटना घटाउन सरकारले पोर्न साइट बन्द गर्नुमा कुनै लोजिक नभएको उनले बताए। उनी पनि एक युवा हुन् र पोर्न साइट बन्द भए पनि सबैसँग ब्याक अपको विकल्प देखि अन्य साइट अझै खुल्ला भएको र यो बलात्कार जस्तो जघन्य अपराध यस्तो साइट बन्द गरेर कम हुँदैन भनेर उनले आफ्नो विचार दिए।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू