अज्ञात समूह द्वारा गाउँपालिकाको कार्यालयमा बम विस्फोट

कृष्ण रोकाया

लहान, २८ मङ्सिर : सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा गए राति अज्ञात समूहले बम विस्फोट गराएका छन् । राति ११ बजेतिर गराएको बम विस्फोटबाट मानवीय क्षति नभए पनि कार्यालयको झ्याल र ढोकामा क्षति पुगेको र जस्तापाता उडेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

बम विस्फोट गराउनेको खोजी कार्यसँगै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो । विगत केही दिनदेखि हरहिसाब द्रारा पारदर्शी गर्नुपर्ने मागसहित गाउँपालिका कार्यालयविरुद्ध आन्दोलन हुँदै आएको छ । रासस

प्रतिक्रिया